सुपाबेस एक खुल्ला स्रोत फायरबेस विकल्प हो। हामीले यसमा उद्यम-ग्रेडका खुल्ला स्रोत उपकरणहरू प्रयोग गरेर फायरबेसका सुविधाहरू निर्माण गर्दैछौं।

पूर्ण कागजातको लागि supabase.com/docs मा जानुहोस्
हामी हाल सार्वजनिक बिटामा छौं। प्रमुख अद्यावधिकहरूको सूचना प्राप्त गर्न यस रेपोको "रिलिजहरू"मा हेर्नुहोस्।

सुपाबेस एक खुल्ला स्रोत उपकरणहरूको संयोजन हो। हामी उद्यम-ग्रेड, खुल्ला स्रोत उत्पादनहरू प्रयोग गरेर फायरबेसको सुविधाहरू निर्माण गर्दैछौं। यदि उपकरण र समुदायहरू एमआईटी, अपाचे २ वा बराबरका खुल्ला लाइसेन्सको साथ अवस्थित छन् भने हामी त्यसको प्रयोग र समर्थन गर्दछौं। यदि उपकरण अवस्थित छैन भने, हामी त्यसलाई आफैं सिर्जना गर्छौं र स्रोत खुल्ला गर्छौ । सुपाबेस फायरबेसको १ देखि १ म्यापि होईन। हाम्रो उद्देश्य भनेको विकासकर्ताहरूलाई खुल्ला-स्रोत उपकरणहरू प्रयोग गरेर फायरबेस जस्तो अनुभव दिने हो।
वर्तमान योजना
सुपाबेस एक होस्ट गरिएको प्लेटफर्म हो। तपाई आफै साइन अप गर्न सक्नुहुन्छ र कुनै स्थापना बिना सुपाबेस प्रयोग गर्न सक्नुहुन्छ। हामी अझै स्थानीय विकासको अनुभव सिर्जना गर्दैछौं। यो प्लेटफर्म स्थिरताको साथ हाम्रो मूल फोकस हो।
हाम्रो ग्राहक पुस्तकालय मोडुलर छ। प्रत्येक उप-लाइब्रेरी एकल बाह्य प्रणालीको लागि स्ट्यान्डअलोन कार्यान्वयन हो। यो धेरै तरिकाहरू मध्ये एक हो जुन हामी अवस्थित उपकरणहरूलाई समर्थन गर्दछौं।
supabase-{lang}: लाइब्रेरी संयोजन र संवर्धन थप गर्दछ।
| Repo | आधिकारिक | समुदाय |
|---|---|---|
supabase-{lang} | JS | C# | Flutter | Python | Rust |
postgrest-{lang} | JS | C# | Dart | Python | Rust |
realtime-{lang} | JS | C# | Dart | Python | Rust |
gotrue-{lang} | JS | C# | Dart | Python | Rust |